लुम्बिनीका मुख्यमन्त्री गिरिलाई विश्वासको मत प्राप्त
नेपालखोज
२०७९ माघ ५ गते १६:४०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत प्राप्त भएको छ । उनले आज बसेको प्रदेशसभा बैठकमा ५७ मत पाएका छन् । ८७ सदस्यीय प्रदेश सरकारको बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
नेकपा ९एमाले० पोलिटब्युरो सदस्य गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यको समर्थन थियो ।
विश्वासको मत दिने बेलामा माओवादीका एक जना अनुपस्थित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया