ओली भन्छन्- एमालेले राष्ट्रपतिमा उठाएकाे उम्मेद्वारमै राष्ट्रिय सहमति हुनुपर्छ
नेपालखोज
२०७९ माघ ५ गते १७:२३

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेद्वार उठाउने र यसैमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे गरेकाे प्रश्न उनले साे कुरा बताएका हुन् । ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको कोशिष आफूले जारी राख्ने बताएका थिए । कांग्रेसले आफ्नो पार्टीबाट प्रस्तावित राष्ट्रपति बन्ने भनि गरेको दाबीका विषयमा पत्रकारले प्रश्न गर्दा ओलीले हाँसेर टारेका थिए ।
सम्बन्धित
प्रतिक्रिया