आइतबार, असार २२, २०८२

भ्रामक समाचारप्रति दूरसञ्चारको खण्डन (विज्ञप्ती)

नेपालखोज २०७९ माघ ५ गते १८:०७

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले तथ्य तोडमोड गरि प्रकाशन गरिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आज विज्ञप्ती जारी गर्दै प्राधिकरणले दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण/न्युनीकरण गर्न, सेवा प्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सो बाट प्राप्त हुने राजश्व यकिन गर्न तथा सेवाको गुणस्तर जाँच गर्ने उदेश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत खरिद गरिएको Telecommunication Traffic Monitoring and Fraud Control System (Probing Server, Customized Drive Test Equipment and its Accessories) सम्बन्धमा ‘दूरसञ्चार प्राधिकरणमा सेटिङ, १ अर्ब १५ करोडका उपकरण, एउटै ल्यापटपको ६५ लाख’ शिर्षक राखी वास्तविकतालाई तोडमोड गर्दै जनमानसमा भ्रम सिर्जना हुने गरी केही राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा यथार्थलाई नबग्याइ सूचना सम्प्रेषणका लागि आग्रह गरेको छ ।

विज्ञप्ती हेर्नुहोस्

प्रतिक्रिया