शनिबार, असार २१, २०८२

आलोचना बढेपछि बोले रवि, भन्छन्, ‘परिर्वतनका लागि पर्खनुपर्छ’

नेपालखोज २०७९ माघ ७ गते ९:०२

काठमाण्डौं । सामाजिक सञ्जालमा आलोचना बढेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुख खोलेका छन् । टेलिभिजन प्रस्तोता हुँदा बोलेका कुरा र सत्तामा पुगेपछि तालमेल नमिलेको भन्दै आलोचना बढ्न थालेपछि भनेका छन्, ‘धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाँहि पर्छ ।’

प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना बढेपछि गृहमन्त्री लामिछानेले भनेका छन्, ‘पुराना ‘फरार’हरु समातिन्छन् मात्र होइन, धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ ।’

मूलधारका मिडियाले पनि टिप्पणी गर्न थालेपछि लामिछानेले भने, ‘मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु ।’

प्रतिक्रिया