उपसभामुखको निर्वाचन आज
नेपालखोज
२०७९ माघ ७ गते ९:०९

काठमाडौं । आज प्रतिनिधि सभाले उपसभामुख पाउँदैछ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।
इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।
सम्बन्धित
प्रतिक्रिया