शुक्रबार, असार १३, २०८२

‘मधेससँग लभ अर्कैसँग बिहे’

नेपालखोज २०७९ माघ ७ गते १६:१३

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभए आराेप लगाएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेद्वार इन्दिरा रानालाई समर्थन गर्दै जसपा सांसद यादवले प्रचण्डले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेकाे बताए ।

यादवले भने ‘प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो ।’ उनले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताए । उनले संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न आग्रह गरे ।

प्रतिक्रिया