तनहुँमा दुई जनाको मृत्यु
नेपालखोज
२०७९ माघ ८ गते ९:२६

तनहुँ । शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ । उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेका थिए ।
उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया