शुक्रबार, असार १३, २०८२

शेखर कोइरालाले भने, ‘प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भयो’

नेपालखोज २०७९ माघ ८ गते ११:१२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् । जारी संस्थापनइतर समूहको बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको बताए ।

कार्यसम्पादन समितिमा तटस्थ बस्ने प्रस्ताव राखेपनि सुनुवाइ नभएको र बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आएको बताए । बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति–उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको पुस २६ को बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए ।

प्रतिक्रिया