मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जसपा प्रवेश
नेपालखोज
२०७९ माघ ८ गते १३:४४

जनकपुरधाम । मधेश प्रदेशसभाका दुई जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशसँगै मधेश प्रदेशसभामा जसपाको प्रदेशसभा सदस्य संख्या १८ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया