रास्वपाको उपनेतामा श्रेष्ठ, सचेतकमा परियार चयन
नेपालखोज
२०७९ माघ ८ गते २०:२८

काठमाडौं । विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा चुनिएका छन् ।
बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो । उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
बैठकले समानुपातिक सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।
यस्तै सांसद डिपी अर्याल श्रम, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् । रास्वपा सांसद इन्दिरा राना मगर शनिबार मात्र उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया