सत्ता कि प्रतिपक्ष : दोबाटोमा मधेसी दल

काठमाण्डौं । सत्ताधारी गठबन्धनमा सहभागी भएको मधेसी दललाई भागवण्डाको सकस बढदै गएको छ । ‘चोक्टा खान गएकी बुढी झोलमा परी’ जस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी र सिके राउतको जनमत पार्टीलाई भएको छ । सत्ता साझेदारका रुपमा सहभागी भएको जनमत पार्टीका एक मन्त्री प्रधानमन्त्रीसँगै सपथ लिए पनि मन्त्रालयको कार्यभार बुझेका छैनन । सोमबार यसको टुङ्गो लगाउने कुरा छ ।
यता उपेन्द्र यादवलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरिसकेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा ओलीले त्यस्तो आग्रह गरेका हुन् । तर उपेन्द्रको पार्टी भित्रै बिजोग छ । सत्ता भागबन्डाको सकस छ । परिणाम स्वरुप जनता समाजवादीका नेता अशोक राई र अध्यक्ष उपेन्द्र यादव बीचको दुरी बढदै गएको छ ।
चुनाव लगत्तै एमालेको गठबन्धनलाई लिएका अध्यक्ष यादवले दिएको अभिव्यक्तिको प्रति उत्तर दिदै एमाले अध्यक्ष केपिओलीसँग अशोक राई लहसिए पछि दुईजनाको बीच टकराव सुरु भएको पार्टी कार्यकताहरू बताउँछन् । मंसिर ४ को निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेको जसपाको अध्यक्ष यादव चुनावमा हारेपछि ओलीसँग रुष्ट देखिन्छन् । ‘ओलीकै रणनिति अनुसार जसपालाई डामिनेट गर्न खोजिएको जसपाका नेताहरूको बुझाई छ’, एक केन्द्रिय सदस्यले बताए, ‘अशोक राई समूह जसरी पनि सरकारमा जाने पक्षमा रहेको तर उपराष्ट्रपति जसपाले पाए मात्र सरकारमा सहभागी हुने उपेन्द्र यादवको चाहना थियो’।
पार्टी अध्यक्ष ओली र एमालेसँगको सम्बन्ध र सहकार्य दुवै सकिएको कुरामा उपेन्द्र यादव स्पष्ट थिए । तर, संघीय परिषद अध्यक्ष रार्ईले एमालेसँगको गठबन्धन कायम राख्ने प्रयास जारी राखेका हुन् । शनिबार ओली र यादवको भेट पनि त्यसको एउटा कडी हो । पार्टीमा कुनै विवाद नरहेको पूर्व वन तथा पर्यावरण मन्त्री एवम् पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवको भनाइ छ । प्रदिपको भनाई छ, जसपा सत्ता साझेदार राष्ट्रिय पार्टी हो, मन्त्री मात्र नभइ कुटनैतिक नियोग देखि संवैधानिक सबै पदमा सम्मानजनक सहभागीता भए मात्र सरकारमा सहभागी हुन्छ ।’
पार्टीमा कुनै मतभेद नरहेको नेता यादवको दाबी छ । उनले भने,‘पार्टीमा कुनै मनमुटाव वा असहमति छैन, सबै नेताहरूको सहमति अनुसार पार्टीले सरकारमा सम्मान सहभागिता खोजेको हो, पुरा भए मात्र जसपा सहभागी हुन्छ, नत्र विकल्पका धेरै बाटाहरू छदैछन,।’
अशोक राईले एमालेसँग गठबन्धन गरेर जसपालाई कुनै घाटा नलागेको धारणा पार्टीमा राख्दै आएका छन् । उनकै दबाबका कारण जसपा सरकारबाट समर्थन फिर्ता लिन सकेन । तर त्यो कुरामा अध्यक्ष यादवको चित्त बुझेको छैन । उनले कांग्रेससँग नयाँ गठबन्धन बनाउनु पर्ने पक्षमा जोड दिएको बुझिन्छ ।
अशोक राई पार्टीको संसदीय दलका नेता नबनेपछि उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने सोचमा छन् । तर उपप्रधानमन्त्री नदिएपछि उनी आफ्नो श्रीमतीलाई मन्त्री बनाउने दाउमा थिए । अहिले उनले जुनसुकै मन्त्रालय दिए, त्यो लिएर जसपा सरकारमा जानुपर्छ भन्ने लाइन लिएका छन् ।
यता जनमत पार्टीका सांसद एवं विना विभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा मन्त्री नदिएको भन्दै जनमत पार्टी बिच्चकिएको छ । सरकारमा सहभागितालाई लिएर प्रधामन्त्री प्रचण्ड समक्ष सिके राउत पार्टीको अन्तिम लचकता राखिसकेका छन् । माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको मन्त्री अब्दुल खानको भनाइ छ । थुप्रै विकल्पहरूबारेमा छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरू दिने कुरा पनि छ । कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’
श्रोतः आइएनएस–स्वतन्त्र समाचार
प्रतिक्रिया