बिहीबार, असार १२, २०८२

कांग्रेस पदाधिकारीकाे बैठक : राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग

नेपालखोज २०७९ माघ ९ गते १२:०४

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ । आज बिहान बसेकाे पदाधिकारीकाे बैठकले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी समस्या भए हटाएर तत्काल गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेकाे हो ।

बैठकले निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता प्रशकाशरण महतले बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।

प्रतिक्रिया