भूकम्प पीडितलाई राहत उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन
नेपालखोज
२०७९ माघ १० गते २१:५७

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भुकम्पको क्षतिको विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिएका छन् ।
बाजुराको स्वामीकार्तिक गाउँपालिकाको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् । क्षतिको विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया