सोमबार, असार ९, २०८२

रौतहटमा दुई पक्षबीच झडप, आठ जना घाइते

नेपालखोज २०७७ वैशाख २५ गते १६:३८

रौतहट । रौतहटमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । रौतहटको चन्द्रपुर–७ नयाँबस्तीमा पुरानो विवाद मिलाउन छलफल चलिरहेको बेला झडप भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

स्थानीय बिगु सहनी र विजय महतोबिच समन्य विवाद हुँदा झडपको अवस्था सृजना भएको बताइएको छ । विवाद साम्य पार्न छलफल चलिरहेका बेला भनाभन भएपछि लाठी र धारिलो हतियार निकालेर दुवै पक्ष एक आपसमा भिडेका थिए ।

झडपमा सहनी टोलका ३ र महतो टोलका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । झडपमा घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

प्रतिक्रिया