विश्व हिन्दू परिषदले पठान फिल्मको विरोध गर्दैन
नेपालखोज
२०७९ माघ ११ गते ११:३८

काठमाडौं । शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनको फिल्म पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।
यो चलचित्रको ‘बेशराम रंग’ गीत रिलिज भएसँगै विरोध सुरु भएको हो । धेरै हिन्दू संगठनले पनि फिल्मको रिलिजको विरोध गर्ने कुरा गरेका थिए । तर अब विश्व हिन्दू परिषदले फिल्म बहिष्कार नगर्ने बताएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विश्व हिन्दू परिषदका प्रवक्ता श्रीराज नायरले भनेका छन्, ‘अहिलेसम्म विहिपले पठान फिल्मको विरोध गर्दैन। हाम्रो पहिलेको आपत्तिलाई ध्यानमा राख्दै, फिल्ममा गरिएका परिवर्तनहरू सही छन्। फिल्म हेरेपछि केही आपत्तिजनक देखिएमा फिल्मको विरोध गर्नेबारे पुनर्विचार गर्नेछौँ ।’
सम्बन्धित
प्रतिक्रिया