प्रधानमन्त्रीले मागे राष्ट्रपतिको चुनावका विषयमा नेताहरुको धारणा
नेपालखोज
२०७९ माघ १२ गते १८:१९

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग गरेका छन् ।
बिहीबार सुरु भएको स्थायी समिति बैठकमा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका बताइकाे छ ।
‘सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बनेको थियो,’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘तर, यसबारे अहिले गम्भीर प्रश्नहरु उठिरहेका छन् । यसबारे के गर्ने भन्नेमा तपाईंहरुले राय दिनुपर्छ । यही समितिबाट केही न केही निर्णय गर्नुपर्छ ।’
नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया