मंगलबार, वैशाख २५, २०८१

एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड कोपा कपको सेमिफाइनलमा 

नेपालखोज २०७९ माघ १३ गते ७:०५

काठमाडाैं । रियल मड्रिड कोपा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान एथ्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै रियलले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा रियलले थप २ गोल गरेको थियो । १९ औं मिनेटमा एलभारो मोराटाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा रोड्रिगोले बराबरी गरेपछि रियल खेलमा फर्किएको थियो ।

१०४ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल २–१ ले अघि बढ्यो भने अतिरिक्तको पनि अतिरिक्त समयमा भिनिसियस जुनियरले गोल गरेपछि रियल ३–१ गोलका साथ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

प्रतिक्रिया