सुनको मूल्य घट्यो, चाँदीको स्थिर
नेपालखोज
२०७९ माघ १३ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ घटेको छ । भने चाँदीको भाउ स्थिर छ । छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया