केही दिनअघि मात्रै मुम्बइबाट फर्किएका थिए कपिलवस्तुका कोरोना संक्रमित दाजुभाई
कपिलवस्तु । कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावका कोरोना संक्रमित युवकहरू एउटै घरका दुई भाई रहेको खुलेको छ ।
भारतको मुम्बईबाट आएका उनीहरू ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका थिए ।
संक्रमित रहेका २ भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टाइनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमुना संकलन गरी काठमाडौं पठाइएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिका २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
प्रतिक्रिया