डिपी अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी
नेपालखोज
२०७९ माघ १३ गते २२:३५

काठमाडौं । डोलप्रसाद (डिपी) अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापति बनेका छन् ।
नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि शक्रवार बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो ।
उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन् । बैठकले उनलाई नै संसदीय दलको नेता बनाउने निर्णय समेत गरेको छ ।
पूर्वसभापति लामिछाने नागरिकता मुद्दामा दोषि देखिएपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया