रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने
नेपालखोज
२०७९ माघ १५ गते ८:३१

काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि अनागरिक बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । उनी आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारी गरिएको गृह प्रशासनले जनाएको छ ।
अदालतले आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको बताइएको छ ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया