रास्वपाको पुनः सभापति बने रवि लामिछाने
नेपालखोज
२०७९ माघ १५ गते १७:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिमा रवि लामिछानेलाई चयन गरेको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।
रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।
लामिछानेले आज नै राहदानी विभागमा पुगेर मान्यता नपाएको नागरिकताबाट बनाइएको राहतदानी समेत फिर्ता गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया