शुक्रबार, वैशाख २६, २०८२

सिंहदरबार अगाडि धर्ना बसेका ४५ चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०७७ वैशाख २६ गते १८:३६

काठमाडौं । सिंहदरबार गेट अगाडि धर्ना दिन आएका ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेट अगाडी उनीहरु प्ले कार्डसहित घर फर्काउन आग्रह गर्दै धर्नामा बसेका थिए ।

निषेधित क्षेत्र तोडेपछि प्रहरी र उनीहरुबिच झडप भएको थियो । झडपमा परी दुई जना चिनियाँ नागरिक घाइते भएका थिए ।

यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्नेतसहित ४ जना प्रहरी घाइते भएका थिए । उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

प्रतिक्रिया