दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
दोल्ती पावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता सेयर निष्काशन गर्नेछ ।
कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ । यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्काशन गर्नेछ । दुवै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
प्रतिक्रिया