बुधबार, असार ११, २०८२

माओवादी केन्द्रको स्थायी समिति र पदाधिकारी बैठक स्थगित

नेपालखोज २०७९ माघ १८ गते १२:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति र पदाधिकारी स्थगित भएको छ ।

नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

बैठक स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

संसद बैठकका कारण बैठक स्थगित भएको बताइएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।

प्रतिक्रिया