राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (ास्वपा)को दर्ता खारेजीका मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।
सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी दर्ता प्रक्रिया गलत भएको भन्दै खारेज गर्न उजुरी दिएका हुन् ।
गत शुक्रबार सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने दुवै पदवाट मुक्त भएका थिए । सिन्धुलीका पौडेलको समेत निवेदनका कारण उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी मुक्त भएका लामिछानेको पार्टी नै गलत कागजात पेश गरी दर्ता गरेको भन्दै उनले निर्वाचन आयोगमा उजुरी दिएका हुन ।
दोहोरो पासपोर्टमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा हिजो उजुरी दिा पुगेका पौडेल आज निर्वाचन आयोग पुगेका हुन । सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म काठमाडौं प्रहरीले भने हिजो दिएको उजुरी दर्ता गरेको छैन् ।
प्रतिक्रिया