अलपत्र कामदार तत्काल फिर्ता ल्याउ
नेपालखोज
२०७७ वैशाख २७ गते ९:४८
काठमाडौं । प्रतिनिधिसभा संसद्को उद्योग तथा श्रम र उपभोक्ता तथा आपूर्ति समितिले वैदेशिक रोजगारीमा अलपत्र परेका कामदार तत्काल फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको हिजो सम्पन्न बैठकले अलपत्र परेका कामदारलाई उद्दार गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले बताए ।
उनका अनुसार विदेशबाट आउन चाहने सबै नेपालीलाई यथाशीघ्र ल्याउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको हो ।
सभापति श्रीवास्तवका अनुसार समस्यामा परेका कामदारलाई तत्काल उद्दार गरी नेपालका विभिन्न भागमा सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिइएको हो ।
सम्बन्धित
प्रतिक्रिया