शुक्रबार, वैशाख २६, २०८२

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ वैशाख २७ गते १०:०६

काठमाडौं । देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परेको मौसमविदले बताएका छन् ।

आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पहाडी क्षेत्रका केही स्थान र तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया