बुधबार, असार ११, २०८२

डा. भट्टराई लेख्छन्- संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल नपारौं

नेपालखोज २०७९ माघ २० गते ८:०१

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा गम्भिर बन्न आग्रह रहेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सत्तागठबन्धनमा देखिएको तिक्तता आएकाे तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका छन् ।

उनी लेख्छन्, ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ, कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’

प्रतिक्रिया