सांसद चौधरीलाई अदालतमा उपस्थित गराइँदै
नेपालखोज
२०७९ माघ २० गते ९:४२

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ । बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो । १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो ।
ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाइएको भन्दै बजगाईंले अरुण, वीरबहादुर र परशुराम चौधरीको नाममा मुद्दा दायर गरेका थिए । आगलागीबाट आठ लाख १९ हजार ४२३ रुपैयाँको नोक्सानी भएको भन्दै बजगाईंले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बर बमोजिम सजाय मागदाबी गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया