सांसद चौधरी कारागार चलान
नेपालखोज
२०७९ माघ २० गते ११:१२

काठमाडाैं । कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेस गरेको थियो ।
अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् । उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो ।
सम्बन्धित
प्रतिक्रिया