सन्दीपविरुद्धको मुद्दाका सम्पूर्ण कागजात झिकाउन सर्वोच्चको आदेश
नेपालखोज
२०७९ माघ २० गते १२:३७

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
न्यायाधीश हरि फुयाँलको आजको इजलासले सुनुवाइ गर्दै सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो ।
जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
धरौटीमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै विहिबार राष्ट्रिय टोलीमा समावेश गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया