कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
नेपालखोज
२०७९ माघ २१ गते ६:३७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक आह्वान गरेकाे छ । बैठक आज बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दै छ ।
बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ ।
यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।
सम्बन्धित
प्रतिक्रिया