मंगलबार, असार १७, २०८२

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बीपीडब्लू लघुवित्तकाे आईपीओ बिक्री खुला

नेपालखोज २०७९ माघ २२ गते ८:३२

काठमाडाैं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको सेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया