सोमबार, असार ९, २०८२

लिपुलेकमा भारतले सडक बनाएकोमा गम्भीर ध्यानाकर्षण : परराष्ट्रमन्त्री

नेपालखोज २०७७ वैशाख २८ गते १३:५२

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि मिचेर एकतर्फी रुपमा सडक बनाएको घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आइतबार आजको प्रतिनिधि सभा बैठकमा आफ्ना धारणा राख्दै मन्त्री ज्ञवालीले सरकारले भारतीय पक्षलाई कुटनीतिक नोट पठाएको जानकारी दिए ।

२००५ मा यस बाटो सडक निर्माणको निर्णय २००८ बाट सुरु भएको २०१४ बाट सडक निर्माण कार्यले गति लिएको देखिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

भारतका प्रधानमन्त्रीको चीन भ्रमणको शिलशिलामा २०१५ मे मा भारत र चिनियाँ पक्षबबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने निर्णय गरेपछि त्यतिबेला पनि नेपालले यसमा कुटनीतिक तबरबाट आपत्ति जनाएको ज्ञवालीले बताए ।

प्रतिक्रिया