सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
नेपालखोज
२०७९ माघ २५ गते १२:२२

धनगढी । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
अर्को बैठक बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन ।
सम्बन्धित
प्रतिक्रिया