मंगलबार, असार १०, २०८२

‘एमालेको उम्मेदवार राष्ट्रपति बने कठपुतली बनाइन्छ’

नेपालखोज २०७९ माघ २५ गते १४:०३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए कठपुतली बन्ने टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको बताए ।

बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उनले बताए । थापाले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्ने बताए ।

प्रतिक्रिया