देशव्यापी विरोध प्रदर्शनमा उत्रदैछ विप्लवको पार्टी
नेपालखोज
२०७९ माघ २५ गते १५:३२

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै आगामी फागुन ५ र १५ गते बुधबार विरोध प्रदर्शन गर्ने जानकारी गराइएको छ ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए । उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया