सोमबार, असार ९, २०८२

माइतीघरमा विरोध प्रदर्शन गर्न खोज्ने कानून व्यवसायी पक्राउ

नेपालखोज २०७७ वैशाख २८ गते १६:३०

काठमाडौं । भारतले नेपाली भूमि (लिपुलेक)मा सडक निर्माण गरेको विषयमा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई पक्राउ गरेको हो । माइतीघरबाट पक्राउ परेका उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, कञ्चनकृष्ण न्यौपाने, रमेशकुमार केसीलगायत छन् ।

यसअघि आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोधमा उत्रिएका युवा विद्यार्थीलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया