मंगलबार, असार १०, २०८२

माओवादी उपाध्यक्षमा अग्नि र पम्फा मनोनीत

नेपालखोज २०७९ माघ २५ गते २२:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठकले उपाध्यक्षमा पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई मनोनीत गरेकाे छ । पम्फा यसअघि उपमहासचिव थिइन् ।

माओवादीमा कृष्णबहादुर महरामात्र उपाध्यक्ष रहेकोमा पार्टीमा अब तीनजना उपाध्यक्ष भएका छन् । स्थायी समितिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समिति पनि टुंग्याएको छ ।

जस अनुसार पदाधिकारी २२, स्थायी समिति ४४ जना, केन्द्रीय समिति ३८६, वैकल्पिक केन्द्रीय समिति २०२ जनाको बनेको बताइएको छ । योसँगै माओवादीमा २२ सदस्यीय पदाधिकारी भएको छन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् । महासचिवमा यसअघि नै देव गुरुङ चयन भइसकेका छन् भने उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृका यादव रहेका छन् ।

सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, डिलाराज आचार्य, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे र राम कार्की छन् । भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

प्रतिक्रिया