‘हार्नेहरुले हो, आत्मसमर्पण गर्ने !’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् ।
उनले आफ्ना पार्टीका सात सांसदको फोटो फेशबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने १ योद्धाहरू त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’
देश मागेर बिद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् ।
‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा दर्हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहसमात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है रुरु श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’

प्रतिक्रिया