सुदूरपश्चिम प्रदेशसभा बैठक सर्यो
नेपालखोज
२०७९ माघ २६ गते १३:१३

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक सरिएको छ । बैठक अपराह्न ४ बजेसम्मका लागि सारिएको हो ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) अनिर्णित हुँदा विश्वासको मत संकटमा पर्ने अवस्था आएपछि मुख्यमन्त्रीको आग्रहमा बैठक सारिएको बुझिएको छ। यसअघि बुधबारका लागि तय भएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने नाउपाको अडान छ । प्रदेशमा भोट हाल्नु पर्ने नाउपाका ७ सांसद काठमाडौंमा छन् ।
सम्बन्धित
प्रतिक्रिया