सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
नेपालखोज
२०७९ माघ २६ गते १९:२९

काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेश सभाको ठूलो दल नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त भएका हन् ।
आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेशसभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् ।
सम्बन्धित
प्रतिक्रिया