मंगलबार, असार १०, २०८२

‘राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति राेजाैँ’

नेपालखोज २०७९ माघ २६ गते २०:२२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएका छन् । 

भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिमा दलहरूबीच सहमति जुटाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘मैले विश्वासको मत लिँदा सिंगो संसद मेरो पक्षमा उभियो । त्यसले परिस्थिति फेरिएको छ । त्यसैले राष्ट्रपतिमा सहमति होस् भन्ने पक्षमा छु । सभामुखमा पनि पहल गर्न खोज्दा सफल भएन ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै पार्टीको कार्यकर्ता राष्ट्रपति बन्दा संविधान, गणतन्त्र र अहिलेसम्मको उपलब्धि रक्षामा चुनौती बनेको बताए ।

प्रतिक्रिया