जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा
नेपालखोज
२०७९ फागुन १ गते ६:५२

काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि बागमती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका स्थानीय तहहरुमा सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया