सोमबार, असार ९, २०८२

क्रान्तिकारीकी अध्यक्ष सिंहले दिइन् जनयुद्ध दिवसको शुभकामना

नेपालखोज २०७९ फागुन १ गते ९:४०

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएकी छन्

जनयुद्धको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आई पुगेको बताएकी छन् । सिंहले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको जिकिर गरेकी हुन् ।

उनले भनेकी छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२-६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुई मत हुनै सक्दैन ।’

प्रतिक्रिया