तीनवटा मजदुर संगठनले भोलिदेखि उपत्यकामा यातायात नचलाउने
नेपालखोज
२०७९ फागुन १ गते १८:४०

काठमाडाैं । ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुर संगठनहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । तीनवटा मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले विभिन्न १० बुँदे माग राखेका छन् ।


सम्बन्धित
प्रतिक्रिया