सोमबार, असार ९, २०८२

एमालेको संगठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए

नेपालखोज २०७९ फागुन १ गते १९:४७

काठमाडाैं । नेकपा (एमाले)ले दुईमहिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियानका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी ‘तोकेको छ । यही फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी सुरु हुने ‘मिसन ग्रासरुट’ अभियानका लागि आज जिम्मेवारी तोकिएको हो ।

केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने भएको छ ।

सो अनुसार, प्रदेश–१ मा अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की खटिनेछन् । मधेस प्रदेशमा ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेलले अभियानको अनुगमन र संयोजन गर्ने छन् ।

त्यसैगरी बाग्मती प्रदेश सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ तथा गण्डकी प्रदेश युवराज ज्ञवाली, पद्मा कुमारी अर्याल, किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा खटिनु हुनेछ ।

लुम्बिनी प्रदेश रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे तथा कर्णाली प्रदेश सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी एवं सुदूरपश्चिम प्रदेश विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, डा. विन्दा पाण्डे र कर्णबहादुर थापा विशेष कमिटी (केन्द्रीय कार्यालय) शङ्कर पोखरेल, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी छन् । यस्तै हरेक जिल्ला र पालिकास्तरमा केन्द्रीय सदस्यहरुलाई खटाइएको छ ।

प्रतिक्रिया