सोमबार, असार ९, २०८२

अतिक्रमित संरचना हटाउन वीरगञ्ज महानगरको आग्रह

नेपालखोज २०७९ फागुन ३ गते ६:४२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ ।

यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

प्रतिक्रिया