पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली
नेपालखोज
२०७९ फागुन ३ गते ८:२६

काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ भने भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् । गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया